निलसागर सेवा आश्रमलाई आर्थिक सहयोग

दाङ, ३१ जेठ । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमलाई अधिवक्ता दामोदर पाैडेलकाे नव दम्पतीले आर्थिक सहयोग गर्नु भएकोे छ।

पालिकाकाे वडा नम्बर ८ बिजाैरी निवासी अधिवक्ता दामोदर पाैडेल र उहाँकि श्रीमती शुष्मा पन्थी पाैडेलकाे नव दम्पती जाेडीले बिवाहमा प्राप्त भएको रकम मध्ये १५ हजार १ सय ५ रुपैयाँ आश्रमलाई सहयोग गर्नु भएको हाे।

पाैडेल दम्पतीले आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीलाई बुधबार आश्रममै आई साे रकम प्रदान गर्नु भएको थियोे ।

अधिवक्ता पाैडेलले थाेरै भए पनि आश्रममा रहेका असहायहरुको भोजनमा सहयोग हाेस् भन्ने उदेश्यले साे रकम प्रदान गरेकाे बताउनु भएको छ।


त्यस्तै पाैडेलले असहाय अशक्तहरुलाई सहयोग गर्न पाउदा खुसी समेत लागेको बताउनु भयाे।

आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीले गरिब अशक्तहरुलाई सहयोग गरेर पुन्य कर्म गरेकाे भन्दै पाैडेल दम्पतीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

अधिवक्ता पाैडेल यसै महिनामा मात्रै गढवा निवासी शुष्मा पन्थीसँग बिवाहा बन्धनमा बाधिनु भएको थियो ।

पाैडेलले विगतका वर्षहरुदेखि नै विभिन्न किसिमका सामाजिक तथा मानवीय सेवा गर्दै आई रहनु भएको छ।