प्रदेश १ मा मुख्यमन्त्री कार्कीसँगै ३ मन्त्रीले शपथ लिने

काठमाडौं, २५ पुस ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसँगै तीन जना मन्त्रीले शपथ ग्रहण गर्ने भएका छन् ।

माओवादी केन्द्र बिना नै ३ जनाले शपथ ग्रहण गर्ने भएका हुन् ।


एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बुले शपथ ग्रहण गर्नेछन् ।

नेकपा एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीका अनुसार मन्त्रीलाई मन्त्रालय तोकिएको छैन ।

नेकपा एकीकृत माओवादीले भने प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।