प्रावि राम्रीकोटका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दाङ, ७ मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सातबासमा रहेको प्रावि राम्रीकोटका विद्यार्थीलाई आइतबार शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत ३३ जना बालबालिका कापी, कलम, स्केल लगायतका शैक्षिक सामग्री सहयोग गरिएको हो ।

समाजसेवि असिताभ लामिछाने, जय जीव दर्शनका द्रष्टा एवम् समाजसेवी उपेन्द्र पौडेल, समाजसेवी हुम बहादुर बिक, समाजसेवी थम्मन केसी ९ दिपक ० र समाजसेवी भरत महताराले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रम थर्कोट डट कमका सञ्चालक दोर्ण केसीको समन्वयमा भएको हो । सहयोग गर्ने सहयोगिहरुप्रति प्रधानाध्यापक टेक बहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको छ ।