राप्तीमा सञ्चालित तीन दिने व्यावसायिक बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, २४ जेठ ।
दाङ देउखुरीको राप्ती गाउँपालिकामा सञ्चालित तीन दिने व्यावसायिक बाख्रा पालन सम्बन्धी तालिम बिहिवार सम्पन्न भएको छ।

गाउँपालिकाको विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत सो तालिम सम्पन्न भएको हो। पालिकाले किसानहरुलाई व्यवसायिक बाख्रा पालन तर्फ अग्रसर गराउने उदेश्यले तालिमको आयोजना गरेको हो।


तालिममा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्य र पशु प्राविधिक कमल पुन मगरले बाख्राको जात,नश्ल सुधार, खोर व्यवस्थापन,बाख्रामा देखिने रोग तथा परिजिबी,व्यावसायिक बाख्रा पालन गर्दाका फाईदा तथा चुनौती र बाख्राको आहाराको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । तालिममा २१ जना किसानहरुको सहभागिता रहेको थियो ।