बिजौरीमा घरको छतबाट खसेर बालक घाइते

तुलसीपुर, १७ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा घरको छतबाट खसेर एक बालक घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँ निबासी कुमार बुढाथोकीका छोरा १० बर्षका जोन बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।


बालक खेल्ने क्रममा करिब पौने पाँच बजे छतबाट खसेको प्रहरीले बताएको छ । बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।