माघे संक्रान्तिका अवसरमा दाङको बाह्रकुने दह र रिहारमा पुजासंगै मेला

दाङ,१ माघ ।
आज माघे संक्रान्ति नेपालीहरूले विशेष पर्वको रूपमा मनाउने गर्छन्। त्यसमा पनि थारू समुदायहरूले नयाँ वर्षको रूपमा यस पर्वलाई मनाउँछन्।

आजको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले पनि यस दिनलाई मकर संक्रान्ति भनिन्छ। माघे संक्रान्तिका अवसरमा दाङका दुई स्थानमा आज भव्य मेला लाग्ने गर्दछ। दाङको घोराही उपमहानगरपालिका– १३ मा रहेको बाह्रकुने दह र लमही नगरपालिका-८ रिहारमा पनि भव्य मेला लाग्ने गर्दछ।
बाह्रकुने दह र रिहारमा गई पूजा पाठ गर्नाले आफूले चिताएको मनकामना पूरा हुने विश्वास रहेको छ।


दहमा भेडा, कुखुराको बलि दिइन्छ। मन्दिरमा पुजाका बिहानैदेखि भक्तजनको भिड रहेको छ । दह र रिहारमा माघे संक्रान्तिको अवसरमा दाङसहित छिमेकी जिल्ला तथा रिहारमा भारतबाट समेत भक्तजन आउने गर्दछन्। रिहारमा रहेको तप्त कुण्डमा स्नान गरेमा शरीरमा रहेको घाउ खटिराहरू हराउन जनविश्वास छ।