तुलसीपुरका कोरोना संक्रमितको बाँकेमा मृत्यु

तुलसीपुर
६ भदौ / दाङका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ५५ बर्षीय संक्रमितको आईतबार बिहान साढे ४ बजेतिर भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।


उनलाई गएको साउन २७ गते कोरोना पुष्टि भएको थियो ।