
तुलसीपुर,४ जेठ । शनिबार र आईतबार विदा हुँदा दाङको तुलसीपुरमा पेट्रोलियम पदार्थको अभाब देखिएको छ ।
यद्यपी १२ बजेसम्म त्यो समस्या समाधान हुने नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरले बताएको छ । ट्याङकर आईसकेको र केही समयमा पम्पमा पेट्रोलियम पदार्थ पुग्ने कार्यालय प्रमुख विनोद बस्नेतले बताए ।
पेट्रोलियम पदार्थ अभाब हुँदा विहानैदेखि लाइनमा बस्नु पर्ने अबस्था हरेको छ ।
बिदाका कारण इन्धनको आपूर्ति नभएकाले समस्या भएको उनको भनाई छ ।



लाइभदाङ । ४ जेष्ठ २०८३, सोमबार ११:४२ बजे