प्रतिष्ठानको ओपिडिमा स्वास्थ्य उपचारको सेवा लिने बिरामीको सख्या ह्रवात्तै बढ्यो

दाङ, ८ भदौ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिएपछि बिरामीको चाप थेगि नसक्नु भएको छ । विगतमा ओपिडिमा २ सय देखी ३ सय जना बिरामी उपचारका लागि आउनेमा अहिले त्यो सख्या ह्वात्तै वढेर गएको छ । बिरामी सख्या बढ्दै गएपछि त्यसको ब्यवस्थापनमा अस्पताललाई हम्मे हम्मे परेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले पछिल्लो समयमा बिरामीको चाप अत्याधीक नै रहेको बताए । उनले ओपिडिमा मात्रै स्वास्थ्य उपचारका लागी आउने बिरामीको सँख्या एक दिनमा ७ सय भन्दा धेरै रहेको छ । अस्पतालमा हरेक आइतवार उपचार गराउन आउने बिरामीको अत्याधिक घुइचो नै हुने गरेको छ ।

‘विरामिको माग अनुसार नै हामि अस्पताल म्यानेजमेण्टले विशेषज्ञ चिकित्स, मेडिकल अफीस, नर्शहरुको सख्या थपेका छौ, आइसियु, वच्चाको लागि एनआइसियु, पिआइसियु भएपछि दाङ लगाएत आसपास क्षेत्रवाट बिरामीको उपचारका लागि भरपर्दो र विश्वासिलो अस्पताल बनाउन सफल भएका छौ–रजिष्ट्रार थापाले भने–‘प्रतिष्ठानको नाममा मेडिकल कलेजको लागि आउने जग्गा पनि अव क्याविनेटवाट निर्णय गरेर छिट्टै आएपछि अस्पतालले थप फड्को मार्छ नै ।’


अस्पतालको विकास गर्ने कुरा साझा सरोकारको विषय बन्नुपर्ने भन्दै यसका लागि यहाँका अगुवाहरु निरन्तर लागीपर्नु पर्ने रजिष्ट्रार थापाको भनाई छ । प्रतिष्ठानका नयाँ उपकुलपतिकोरुपमा डा. विकास लामिछाने आएपछि अस्पतालले सेवाहरु ब्यवस्थीत बनाउदै लगेको छ ।

उपकुलपति डा. लामिछानेले आफ्नो कार्यभार सम्हाल्ना साथ प्रसुति सेवालाई नि:शुल्क बनाउने घोषणा गर्नुका साथै बैशाख १ गतेदेखी त्यो घोषणासहीतको निर्णय कार्यान्वयनमा आएपछि अस्पतालमा नयाँ रौनकता थपियो । रजिष्ट्रार थापाले अस्पतालको सेवालाई थप चुस्त दुरुस्त बनाउन अहिले सञ्चालनमा आएको अत्याधुनिक नयाँ भवनको फराकिलो ठाँउमा २८ वेडको सुविधा सम्पन्न इमरजेन्सि सेवा सञ्चालनमा ल्याईएको र प्रसुति सेवालाई प्रभावकारी बनाउन नयाँ भवनमा सार्न लागिएको जानकारी दिए ।

उनले अस्पतालमा बच्चाहरुको लागि १० देखी १४ वेड एनआइसियु र पिआइसियु बनाउने आफ्नो योजना रहेको बताए । उनले २४ सैँ घण्टा अस्पतालमा डाइलासिस सेवा पाउने गरी पुर्वाधार बनाउने काम चलिरहेको पनि बताए । प्रतिष्ठानमा हाल २३ जना मेडिकल अफीसर र ३७ जना विभिन्न विशेषज्ञ चिकित्सकहरुले विरामिहरुलाई सेवा दिइरहेका छन् .