राप्ती नदीमा डुङ्गा पल्टिँदा विद्यालय जाँदै गरेका विद्यार्थी घाइते

देउखुरी, २ भदौ ।
देउखुरीको राप्ती नदीमा विद्यालय जान लागेका विद्यार्थी सवार डुङ्गा पल्टिएको छ। लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ मा रहेको माध्यामिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी सवार रहेको डुंगा अनियन्त्रित भएर पल्टिएको हो ।

डुङ्गा पल्टिदा करिब २४ जना विद्यार्थी घाइते भएका छन्। घाइतेहरुको अवस्था भने सामान्य रहेको स्थानीयले जानकारी दिएका छन् । डुङ्गा पल्टिँदा केही विद्यार्थीहरु नदीमा बगेका थिए। करिब ५०० मिटर तल नदीसम्म बगेका उनीहरुलाई माछा मार्ने माझीले उद्धार गरेका थिए।


डुंगा पल्टिदा अधिकांश विद्यार्थीका जुत्ता चप्पल, किताब–कापी, झोला बगेको छ। पौडी खेल्न सक्ने जति आफैं बाहिर आउँन सफल भएका थिए, भने अन्यलाई उद्दार गरिएको केसीले बताए ।