नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा एमसिसि सम्झौताका अपमानजनक शर्त खारेजीको माग

 दोहा,कतार १२ फागुन ।

 


नेपाली जनप्रगतिशील मन्च रास्ट्रिय समिति कतारले एमसिसी सम्झौतामा रहेका अपमानजनक शर्तहरु खारेजीको माग गर्दै नेपाली राजदूतावास कतारमा ज्ञापनपत्र बुझाएको छ । मञ्चले बुधबार ज्ञापनपत्र बुझाउदै एमसीसी परियोजनाका केही सर्तहरू नेपालको स्वतन्त्र सार्वभौमसत्ता र स्वाभिमान तथा पञ्चशिल सिद्दान्तको मान्यता बिरुद्दमा रहेको भन्दै सम्झौता बाट असमान बुदा खारेजीको माग गरेको हो । कतार स्थित नेपाली राजदुतावासका कार्यबाहक राजदुत लक्ष्मण खनाल मार्फत बुझाएको ज्ञापन पत्रमा एमसीसी सम्झौतामा नेपालको कानुन, संविधान , सम्प्रभुता र राष्ट्रियता प्रति गम्भीर आँच आउने गरि संसदबाट अनुमोदन हुनुपर्ने लगाएतका शर्त राखीएकोमा आपत्ति प्रकट गरिएको छ । साथै ज्ञापनपत्रमा नेपालमा थुप्रै मित्र रास्ट संगै अमेरिकि सरकारले पनि विभिन्न सहयोग परियोजना सन्चालन गरि रहेको भए पनि एमसिसि सम्झौतामा थुप्रै असमान शर्तहरु रहेकोले यथास्थितिमा लागु नगर्न माग गरेको छ ।

No description available.