दाङको तुलसीपुर १२ स्थित टरिगाउँ एयरपोर्ट २०११ सालमा सञ्चालनमा आएको हो । यो बीचमा कहिल्यै बन्द त, कहिल्यै चालु अबस्थामा रह्यो । कालोपत्रेको नाममा होस्, वा अन्य कुनै बाहानामा टरिगाउँ एयरपोर्ट अनियमित हुँदै आएको थियो । पछिल्लो समय नियमित जसो एयरपोर्ट सञ्चालनमा आईरहेको छ । दाङबासीको सबै भन्दा खुसीको कुरा टरिगाउँ एयरपोर्टमा जहाज अवतरण नै खुसीको कुरा हो । पछिल्लो पटक एयरपोर्टको धावन मार्ग कालोपत्रे गर्ने क्रममा लामो सयमय अनियमित भएको थियो । तत्कालिन समयमा तुलसीपुर उपमहानगरपालिकाको पहल तथा यस क्षेत्रका सरोकारवाला निकायको पहलमा एयरपोर्ट नियमित सञ्चालनमा आइरहेको छ । शुक्रबार र शनिबार बाहेक हप्तामा ५ दिन नियमित हवाई सेवा सञ्चालन भइरहेको छ ।
एयरपोर्टको धावनमार्ग लम्बाई ७५० मिटर छ । यसले ठूलो जहाज अवतरण हुन सकेको अबस्था छैन । १६ सिटे जहाज अवतरण हुँदा अहिले यहाँका यात्रुहरुले महंगो भाडा तिर्नुपर्ने अबस्था छ । त्यसले गर्दा पनि साधारण नागरिकले हवाई सेवा लिन पाएका छैनन् । यही क्रममा धावन मार्ग विस्तारको आवाज उठिरहेको छ । अहिले पनि स्थानीय सरकार र यहाँका सरोकारवाला निकायले तुलसीपुरको हवाई मार्गलाई १३०० मिटरदेखि बढि बनाउनकालागि पहल गरिरहेका छन् । जग्गा पनि भएकाले यसको विस्तार भएमा दाङ मात्रै होईन्, साविक राप्ती र कर्णालीका जनताले पनि सहज हवाई सेवा पाउने अपेक्षा सहित अभियान चालिएको अबस्थामा छ । तर, यहाँका राजनीतिक दलहरुको खिचातानी यही विमानस्थलमा छ । त्यसकै फलस्वरुप अहिले विमानस्थललाई स्तरोन्नती त के, त्यहाँ आएका सामग्री पनि यहाँबाट अन्तै लैजाने षडयन्त्र भइरहेको छ ।
आईतबार मात्रै विमानस्थलमा आएको बाउजरलाई लैजान भनि केन्द्रबाट केही टोली आएपछि यहाँका नागरिकले त्यसको विरोध गरे । विरोध स्वरुप एयरपोर्टमा निर्माणधिन अबस्थामा रहेको इन्धन डिपोमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेसहितको टोलीले तालाबन्दी ग¥यो । उनीहरुको एउटै माग थियो, तुलसीपुुरको टरिगाउँ एयरपोर्टमा षडयन्त्र गरेर यहाँका सामग्री बाहिर नजाउन् । किनकी इन्धन डिपो निर्माणको अन्तिम चरणमा पुगेको अबस्थामा यहाँको बाउजर बाहिर लिएर यहाँको हवाई सेवालाई अनियमित गराउने षडयन्त्र भइरहेको थियो । पटक–पटक षडयन्त्रको सिकार बनेको बिमानस्थलमा निर्माणको अन्तिम चरणमा रहेको डिपोलाइ सञ्चालन गर्नकामा बाधा पुग्ने गरि पछिल्लो समय रचिएको यो षडयन्त्रलाई रोक्न यहाँको सरकारी स्तर तथा सरोकारवालाले चालेको कदम सकारात्मक छ ।यसमा सबैले सहयो गर्न आबश्यक छ । साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । १६ श्रावण २०७९, सोमबार १२:५० बजे