एम र महाप्रसाद एउटै हुन् वा होइनन् छानबिन गरौं : अपार

दाङ
२९ असार / राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन् । उनले नियम ,कानून ,मूल्य मान्यता ,गल्ति र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब,आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह गरे ।


उनले भने,‘नियम कानून मूल्य मान्यता गल्ति र नैतिकता समाजलाई सुसंस्कृत बनाउनलाई हो । सकेसम्म संघर्ष नगरेर अभियान नचलाएर दबाब नदिएर आन्दोलन नगरेर यो नैतिकतालाई स्थापित गर्नपाए राम्रो हुने थियो भन्ने प्रतिपक्ष दलका नेताको उद्घोषलाई यति खेर पुनः आत्मासाथ गर्नुपर्ने देखिन्छ । बाहिर पत्रपत्रिकामा चर्चा परिचर्चा छ । एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै हुन् सरकार छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्दछु ।’