शान्तिनगर गाउँपालिकाको कार्यालयलाई जुम्लेकुला सारियो

शान्तिनगर, ५ भदौ । दाङ शान्तिनगर गाउँपालिकाले पालिकाको केन्द्र सारेको छ । यस अघि चिराघाट रहेको उक्त केन्द्रलाई जुम्लेकुलामा सारेको हो ।

आईतबार बेलुका सबै सामानहरु जुम्लेकुला सारेर सोमबार विहानदेखि सोही स्थानबाट सेवा दिन सुरु गरिएको पालिका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो । त्यहाँको सामुदायिक वन, खानेपानी र स्वास्थ्यको भवनबाट सेवा सूचारु गरिएको हो ।


गएको माघ मा बसेको १५ औं गाउँसभाले चिराघाटमा रहेको पालिकालाई जुम्लेकुलामा सार्ने निर्णय गरेको थियो । त्यसको विरुद्धमा फागुनमा सर्वोच्चमा रिट परेको भएपनि २५ साउनमा सर्वोच्चले औचित्य नभएको भन्दै रिट नै खारेज गरेपछि केन्द्रलाई जुम्लेकुला सारिएको हो ।