दाङ महानगरको सन्दर्भ : शंकर पोखरेललाई उपर्युक्त लाग्यो, टिकारामलाई लागेन

तुलसीपुर,१२ असार । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले दाङमा अहिल्यै महानगरपालिकाको सम्भावना नभएको बताएका छन् । उद्यपी उनकै पार्टीका महासचिब शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा घोराही र तुलसीपुरलाई मिलाएर महानगरपालिका बनाउने योजना अघि सारेका थिए ।

उनी मुख्यमन्त्री भएकै बेला बहस अघि सारेका थिए, भने तत्काल प्रदेश भित्र तीन वटा महानगरपालिका बनाउने बहस अघि बढाएका थिए । तर, उनी मुख्यमन्त्री हटेपछि यो बहस एकाएक सेलाएको छ ।

बहस सेलाएको अबस्थामा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख खड्काले दाङमा आफ्नो कार्यकाल भरि महानगरपालिका बनाउन सम्भव नभएको बताए ।‘हामी अहिले उपमहानगरपालिकामा छौं, अहिले पनि खास विकास हुन सकेको छैन्, अझै हामी उपमहानगरपालिकाको हैसियत बनाउन सकेका छैनौं’,उनले भने‘त्यसैले ४/५ बर्ष अझै महानगरपालिका बन्न सक्ने अबस्था छैन् ।’ उनले सहरको विकास गर्नुपर्ने र भविष्यमा महानगरपालिकामा भने जानै पर्ने बताए । लायन्स क्लव अफ तुलसीपुर इसानको पद हस्तान्तरण कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले शहरदेखि सबै दुरदराजको सडक कालोपत्रे हुनुपर्ने, तुलसीपुरमा ‘क’ श्रेणीका बैकहरु आउनु पर्ने, ठूला–ठूला लगानीकर्ताहरु आकर्षित हुनुपर्ने, उद्योग धन्दाहरु खुल्नुपर्ने बताए । उनले दुई वटा सिमेन्ट उद्योग र केही साना उद्योग हुँदैमा दाङ औद्योगिक जिल्ला बन्न नसक्ने समेत बताए ।

यद्यपी यस अघिका मेयर घनश्याम पाण्डेले तुलसीपुरमा महानगरपालिका बनाउने विषयमा सकारात्म थिए । उनले महानगरपालिका बनाए यहाँको शहरको विकास हुने बुझाई राखेका थिए । त्यस्तै घोराहीका मेयर नरुलाल चौधरीले पनि महानगरपालिका बनाउने बिषयमा सकारात्मक धारणा राख्दै आएका छन् । त्यसकालागि जनतासंग छलफल भने गर्नुपर्ने बताउछन् ।

लायन्स क्लव अफ तुलसीपुर इसानको पद हस्तान्तरण

लायन्स क्लव अफ तुलसीपुर इसानको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच लायन्स क्लव अफ इसान दाङको वर्ष २०२२/२३ को लागि नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । लायन्स क्लव अफ इसान दाङ वर्ष २०२२/०२३ को अध्यक्षमा प्रेम प्रकाश गिरी चयन भएका छन ।


त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा ऋषी भण्डारी,दितृय उपाध्यक्षमा हरि भुसाल,रमेश रेग्मी,कर्णबहादुर पुन,सुरेश बस्नेत,सविन भण्डारी,सचिवमा सुनिल खनाल,सहसचिवमा सुधन शर्मा, कोषाध्यक्षमा दिपक केसी र सहकोषध्यक्षमा केशव न्यौपाने चयन भएका छन ।

त्यस्तै क्लवको मेम्वर चिफ चियर पर्सनमा भविश्वर भट्राई,क्लव एलसिआइएफ कोडिनेटरमा शरद शर्मा,क्लव सर्भिस चियर पर्सन रमेश डिसी,क्लव मार्केटिङ् लक्ष्मण खरेल,क्लव डाइरेक्टर प्रेम केसी,क्लव एडभाइजर खगेन्द्र पोख्रेल,मानबहादुर गुरुङ,दोलख केसी,टोप वहादुर घर्ति,जित बहादुर केसी र पहल बहादुर रोकाए चयन भएका छन ।

लायन्स क्लव अफ इसान दाङका वर्ष २०२१/०२२का अध्यक्ष बुद्धप्रकाश सिहंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का लायन्स क्लबले समाज सेवाम उदाहरणीय कार्यहरु गरेको भन्दै प्रशंसा गरे ।

त्यस्तै लायन्स क्लव इन्टरनेशनल डिस्ट्रीक ३२५ टु गर्भनर बिनोद कुमार श्रेष्ठले लायन्स क्लवहरु समाजप्रति उत्तरदायि हुनुपर्ने जोड दिए । उनले समाज प्रति केही गछौं भन्ने उद्देश्यका साथ यस क्षेत्रमा लागेको हुँदा हरेक समुदायसँग सहकार्य गरेर अगाडी बढ्न जरुरी उनले बताए ।

सो अवसरमा एरिया चिफ लायन टेकन कंडेल, चेम्बर लायन्स क्लब अफ दाङका बर्ष २०२२/२३का अध्यक्ष भोजराज न्यौपाने, कमर्श तुलसीपुरका अध्यक्ष टोपबहादुर घर्ती, लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण २०२१/२१ का सचिव रमेश रेग्मीले गरेका थिए ।