मन्त्री डिल्ली चौधरी : जो दाङ आएर पदभार ग्रहण गरे र वुटवलै फर्के

दाङ
२९ साउन / लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले स्थायी राजधानी दाङमा पदभार गरेका छन् । विहीबार मन्त्री नियुक्त भई सफत ग्रहण गरेका चौधरीले आज स्थायी राजधानी देउखुरीको मौरीघाट स्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार गरेलगतै उनी पुनः बुटवल फर्केको बताएका छन् ।‘म आज दाङमा रहेको मन्त्रालयमा आएर पदभार ग्रहण गरेँ’, मन्त्री चौधरीले भने‘ अब बुटवल फर्किदैछु ।’ दाङको भालुवाङमा स्थायी राजधानी घोषणा भएपनि अहिले सबै काम अस्थायी राजधानी वुटवलबाटै काम भइरहेको छ । पूर्ण रुपमा स्थायी राजधानीबाट काम हुन सकेको छैन ।


अहिले राजधानीकालागि संरचना निर्माणको काम भने अघि बढेका छन् । अहिले भालुवाङमा ग्रामिण तथा शहरी विकास मन्त्रालय मात्रै आएको छ । केही समयमा अन्य मन्त्रालय पनि ल्याउने गरि तयारी थालिएको छ ।

‘हामीले केही समयमा अन्य मन्त्रालय पनि यता ल्याउन तयारी गरेका छौं’ मन्त्री चौधरीले भने‘स्थायी राजधानीलाई व्यबस्थित गर्ने मेरो जिम्मेवारी रहनेछ ।’