अवरुद्ध फुर्केशल्लि विद्युत लाइन सुचारु

दंगीशरण, २५ साउन ।
दंगीशरण गाउँपालिकाको विकट ठाउँको रुपमा चिनिने फुर्केशल्लिमा गत आर्थिक वर्षमा गाउँपालिकाबाट त्यहाँको स्वास्थ्य तथा विद्युतको चासो राख्दै स्वास्थ्य इकाइ भवन र विद्युत २  वटै सुविधा एकै साथ सम्पन्न  भयो । जहाँ स्वास्थ्य इकाइको भवन सम्पन्न भयो अनि सङ्गै विद्युत लाइन पनि बिस्तार गरीयो ।
हरेक वर्षातको समयमा यातायात र विद्युतबाट बन्चित हुनुपर्ने बाध्यता फुर्केसल्लि वासीमा थियो । गत आर्थिक बर्षमा गाउँपालिका र वडा न. १ को सक्रियतामा गाउँपालिकाबाट खर्च भुक्तानी हुने गरी ३ पटक बाटो मर्मत र धेरै पहिले गाडीएका विद्युत पोल र तारको मर्मत र बिस्तारको लागी गाउँपालिकाले भुक्तानी गरी फुर्केसल्लिमा विद्युत पुर्यायकोथियो । धेरै बर्ष पहिले देखी विद्युत बाल्ने आसामा बसेका फुर्केसल्लि वासीका लागी गाउँमा विद्युत आउछ र विद्युत बाल्न पाउछौ भन्ने आसा समेत मरीसकेको  थियो ।
नयाँ निर्वाचित सरकार आएको पहिलो बर्षमै विद्युत स्वास्थ्य इकाइ भवन पुर्यायर आफुले चुनाबकाबेला त्यहाँका नागरीकहरुसङ्ग गरेको प्रतीबद्दता क्रमश: पुरा गर्ने चरणमा आफु रहेको बताउनुहुन्छ वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी । फुर्केसल्लिमा बिजुलि बत्ती पुर्याएको २ महिना पछी लगातारको वर्षातले ठाउँ-ठाउँमा क्षेती पुगेको र अबरुद्ध विद्युत तुरुन्तै गाउँपालिका र वडा न. १ को सक्रियतामा तत्काल विद्युत मर्मत गरी बिजुलि बत्ती सुचारु गराइएको वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारीले बताउनुभयो ।
यस्तै संचारबाट बन्चित फुर्केसालिमा नेपाल टेलिकमको टावर निर्माणको लागी समेत काम अगाडी बढीसकेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।