
दाङ,७ असोज ।
नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत र प्रदीप मजगैयाबिच प्रतिस्पर्धा हुने भएको छ । नेपाली काग्रेसको १५ औं महाधिवेशनअन्तर्गत घोराहीको सभापतिका लागि रावत र र मजगैयाले उम्मेदवारी दर्ता गराएका छन् ।
अधिवेशनमा रावत र मजगैयाले टिम बनाएर प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली कांग्रेस घोराहीका सभापति समेत रहेका रावतले पुनः सभापतिमा प्रतिस्पर्धा गर्न थालेका छन । मजगैया भने नेपाली कांग्रेस दाङका कार्यसमिति सदस्य हुन ।
रावत प्यानलबाट नगर उपसभापति खुल्लामा बसन्त जोशी, उपसभापति महिलामा तारा केडेल आचार्य, सचिवमा सनत गिरी र सहसचिवमा भिमबहादुर बोहरा उम्मेदवार रहेका छन् भने मजगैया प्यानलबाट उपसभापति खुल्लामा टिकाकुमार श्रेष्ठ (मोहन), उपसभापति महिलामा भावना देवकोटा आचार्य, सचिव पदमा सन्तोष केसी र सहसचिवमा इन्द्रबहादुर वली उम्मेदवार रहेका छन् ।
निर्वाचन समितिका अनुसार घोराहीमा नयाँ नेतृत्व चयनका लागि विहीवार दिउँसो ११: ३० देखि घोराहीस्थित कांग्रेस पार्टी कार्यालयमा मतदान हुने भएको छ ।



लाइभदाङ । ७ आश्विन २०८३, बुधबार २१:४२ बजे