बालविवाह अन्त्य रणनिति योजना कार्यान्वयन तथा स्थानिय तह योजना निर्माणका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

शान्तिनगर, ३ असार ।

शान्तिनगर गाउँपालिका दाङले पारित गरी कार्यान्वयनको चरणमा रहेको बालविबाह अन्त्यका लागि दश बर्षे रणणिति योजना २०७७।०७८ — २०८७।२०८८ कार्यान्वयनको अवस्थाका सवालमा समाजमा वातावरणीय शिक्षाको बिकास (सिड) संस्था दाङ र न्याय तथा अधिकार संस्था नेपाल (जुरी नेपाल) को आयोजना तथा गाउँपालिकाको सहकार्यका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिड संस्थाका अध्यक्ष राममोती चौधरीको अध्यक्षता गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका अन्तरगतका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिभिन्न शाखाका प्रमुखहरु, प्रहरी चौकी चिराघाटका प्रमुख, महिला अधिकार संजाल शान्तिनगरका प्रतिनिधिहरु, किशोरी समुह प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा संजालका प्रतिनिधि लगायतको उपस्थितीमा भएको कार्यक्रममा सिड संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीले कार्यक्रमको उदेश्य तथा संस्थाका गतिबिधि माथि प्रकास पार्नु भएको थियो । कार्यक्रम सहभागि महिला अधिकार संजालका अध्यक्ष मैमी बि.कले बालविवाहले हरेक घर बिखण्डन तर्फ गएको तर्क राख्नुभयो, भने सहभागिहरुले बालविवाहले मानब बेचबिखनसम्मको अवस्था आउन सक्ने तर्फ समेत सरोकारवालाको ध्यान जानुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकी अहिले कहरमा हुने बालविवाह भन्दा रहरमा हुने बालविवाह बढि हुने गरेको र रहरमा हुने यस खालको बिवाहले दु:खद नतिजा दिने गरेको र यससंगै महिला हिंसाका घटनामा बृद्धि गराउनुका साथ साथ गरिबिको कुचक्र दोहोरीरहने हुदा समुदाय स्तर बाटै बालक्लब, युवा क्लब गठनगरी सक्रिय परीचालन मार्फत अगाडि बढ्नुपर्ने तर्फ ध्यानाकृष्ट भएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै पालीका अध्यक्ष प्रमोद बस्नेतले बालविवाह साच्चीकै जटील समस्याका रुपमा रहेको र यसको अन्त्यका लागि हरेक परिवार, टोल, समुदाय स्तर देखी वडा तथा पालिका स्तरमा पनि बिभिन्न गतिबिधि सञ्चालन गरीनुपर्ने र यसका लागि सबैले जिम्मेवार तरीकाले अगाडि बढ्नुपर्ने र यस तर्फ पालिका पनि गम्भीरतापुर्बक अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो । नागरीकका समग्र सवाललाई नजिक रहेर हेर्न, बुझ्न र सम्बोधन गर्र्ने स्थानिय सरकारको भुमिका रहने भन्दै अध्यक्ष बस्नेतले आफुहरु सोही अनुसार अगाडी बढ्ने तर्फ जोड दिनुभयो ।


शान्तिनगर गाउँपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा न्याय तथा अधिकार संस्था नेपाल (जुरी नेपाल) का कार्यक्रम ब्यबस्थापक अधिबक्ता बिष्णु प्रसाद पोखरेलले बिषय प्रस्तुत गर्नुहुदै स्थानिय सरकारले कानुन शुन्यताको अवस्था चिर्दै समाजमा रहेका हरेक सिमान्तकृत, दलित, महिला, जनजाति बालबालिका, अपांगता भएका ब्यक्ति लगायतका अधिकार सुनिश्चितता गर्दै अगाडि बढ्नुपर्ने तर्फ ध्यान दिन आवश्यक रहेको भन्दै मानबअधिकारको पुर्ण प्रत्याभुत हुने गरी योजना निर्माण गर्नुपर्ने र कार्यान्वयन हुनुपर्ने तर्फ जोड दिनुभएको थियो, भने उक्त कार्यक्रमको सहजीकरण सिड संस्थाका कार्यक्रम संयोजक उमेश खरेलले गरेका थिए ।