गाडीको ठक्करबाट गम्भीर घाइते रेणु शाहको निधन

तुलसीपुर, ९ मंसिर । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी तुलसीपुर निवासी रेणु शाहको निधन भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी शाहकोे उपचारका क्रममा बुधबार विहान साढे ११ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।


गत मंसिर ४ गते साँझ करिब ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँस्थित गुम्बा जाने गेटनजिक रा ८ प १७६४ नम्बरको स्कुटरलाई गाडीले ठक्कर दिदा गम्भीर घाइते भएकीे उनको बाँकेको कोहलपुरमा उपचार भइरहेको थियो ।

बागमती प्रदेश ०१–०२६ च ५२७९ नम्बरको डबल क्याब गाडीले ठक्कर दिएर चालक फरार रहेका थिए ।