
दाङ, ९ मङ्सिर । दाङको तुलसीपुरमा दुर्घटनामा हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
बुधबार अपराह्न ४ बजेतिर तुलसीपुर १५ को कोठरीबाट ड्वापुरतर्फ जाँदै गरेको रा ६ प ९०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक तुलसीपुर उपमहानगरपालिका–१५ कोठरी निवासी ३२ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए ।
तुलसीपुर उपमहानगरपालिका–१४ स्थित लुहाडबरामा अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो।



लाइभदाङ । १० मंसिर २०८३, बुधबार १९:२७ बजे