
तुलसीपुर, ६ मंसिर ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तुलसीपुर नगरको राष्ट्रिय जागरण अभियानको आईतबार उद्घाटन गरिएको छ । पार्टीका कार्य सम्पादन समिति सदस्य कुबेर वलीले अभियानको उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले अहिले मुलुक संकटमा रहेको बताए ।
जनताले धेरै अपेक्षा गरेको पार्टीको सरकारले समेत जनताको पक्षमा काम गर्न नसकेको भन्दै फेरि पनि नेपाली कम्युनिष्ट पार्टीको आबश्यकता देशले महशुस गरेको बताए । पार्टीले सधै जनताको पक्षमा काम गरेको भन्दै फेरि पनि मुलुकका लागि आबश्यकता महसुस भएको उनको भनाई छ । साथै कम्युनिष्ट पार्टीहरु कहिल्यै पुरानो हुन नसक्ने समेत उनले बताए । यद्यपी अन्य पार्टीको घानमा नेकपालाई पनि हाल्ने गरेको भन्दै दुःखेसो समेत पोखे ।
नगर कमिटि संयोजक जगदिश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामबहादुर दहित, अनारकली मिया, गिरिराज केसी, प्रतिनिधिसभा सदस्य निर्वाचन ३ का सहइन्चार्ज प्रेमराज वली(प्रभात), तुलसीपुर नगर इन्चार्ज खुसीराम चौधरी, प्रदेश कमिटि सदस्य डिल्ली अधिकारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । बैठकको सहजीकरण सहसंयोजक शसिकिरण ढकालले गरेका थिए । यस्तै १३ र १४ गते १९ वटै वडामा अभियानको उद्घाटन गरिनेछ । अब अभियानलाई वडा केन्द्रित गर्ने गरि निर्णय समेत भएको छ ।



लाइभदाङ । ७ मंसिर २०८३, आईतवार २१:३४ बजे