दाङको प्रहरी प्रमुखमा श्यामु अर्याल आउँदै, श्रेष्ठको मकवानपुर सरुवा

घोराही, ०९ मंसिर।
जिल्ला प्रहरी कार्यालय दाङको प्रमुखमा प्रहरी उपरिक्षक एसपी श्यामु अर्याल आउने हुनुभएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्कीबाट उहाँको दाङ सरुवा भएको हो।

यसअघि तुलसीपुरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) का रूपमा रहेर काम गरिसक्नुभएका अर्याल दाङको प्रहरी प्रमुखका रूपमा आउन लाग्नुभएको हो।


त्यस्तै, हाल जिल्ला प्रहरी कार्यालय दाङका प्रमुखका रूपमा कार्यरत प्रहरी उपरीक्षक दीपक श्रेष्ठको नेपाल प्रहरी विशेष सुरक्षा गण, मकवानपुरमा सरुवा भएको छ