एमालेलाई ०७४ भन्दा बढि जनताको समर्थन छ : महासचिब पोखरेल

दाङ,११ जेठ ।

नेकपा एमालेका महासचिब शंकर पोखरेलले एमोलाई जनताले ०७४ सालको निर्वाचन भन्दा बढि समर्थन गरेको बताएका छन् । बुधबार तुलसीपुरमा एमालेबाट निर्वाचितहरुलाई बधाई मन्तब्य दिदै पोखरेलले भने‘हामी सिट कम आएको होला, तर जनताको समर्थन बढेको छ ।’

उनले पाँच दल एकातिर हुँदा पनि एमालेले यो निर्वाचनमा राम्रै नतिजा ल्याउन सकेको समेत बताए । एमालेसंग एक्लै टक्कर गर्ने कुनै पनि पार्टीको क्षमता नभएको समेत उनले बताए ।‘पाँच दलको गठबन्धन एकातिर हुँदा पनि हामीले धेरै ठाउँमा जितेका छौं’,उनले भने‘एक्लै मुकाविला गर्न सक्ने कुनै पनि पार्टीको सामथ्र्य छैन ।’


एमालेलाई घेराबन्दी गर्ने प्रयास भएको भएपनि सहास र आँटका साथ चुनाबमा होमिदा जनताले आफूलाई निकै साथ दिएको समेत बताए ।‘हामीले संख्यात्मक रुपमा कम जितेका हौंला’,उनले भने‘तर, जनताको साथ धेरै आएका छौं ।’

साथै उनले तुलसीपुरमा सुकुम्वासीबाट उठेको ब्यक्तीलाई मेयर बनाउन सफल भएको भन्दै अब गरीबले पनि राजनीतिक गर्न सक्छन्, चुनाब लड्न सक्छन्, भन्ने कुरा पनि प्रमाणित भएको उनले बताए । उनले धन भन्दा पनि प्रमुख कुरा सहि बिचार रहेको कुरा समेत बताए ।