
तुलसीपुर, ०९ कार्तिक ।
ग्रेट अरनीको मिडियम स्कुल तुलसीपुरले तुलसीपुरको गुम्ह्रा चोकमा डिभाइडरहरु स्थापना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रेट अरनिको माविले तुलसीपुर ग्रेट अरनिको चोकदेखि गुम्ह्रा चोकको बीचको अपुग रहेको ठाउँमा सोमबार बिहान डिभाइडरहरु स्थपना गरेको हो । ३० वटा डिभाइडर खरिदका लागि अरनिको माविले ७६ हजार रुर्पैयाँ प्रदान गरेको थियो ।
सोमबार विद्यालय ब्यबस्थापन समिति अध्यक्ष मानबहादुर बस्नेत, प्रिन्सिपल विष्णु कुमार देवकोटासहितको टोलीले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शम्भु धिताललाई हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व बहन गर्न यसरी सहयोग गरिएको अध्यक्ष बस्नेतले बताए । डिएसपी पराजुलीले यसरी सामाजिक संघसंस्थाहरुले सहयोग गर्दा डिभाइडर राख्न सकिएको बताए । जसले गर्दा दुर्घटना न्यूनिकरण गरेको उनको भनाई छ ।



लाइभदाङ । १० कार्तिक २०८३, सोमबार २१:०९ बजे