
तुलसीपुर, ११ कात्तिक ।
नेपाल तरुण दलको ७४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर नगर समितिले विपन्न परिवारलाई राहत वितरण गरेको छ । तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्तीको अध्यक्षतामा कार्यक्रम गरि तुलसीपुर उपमहानगरपालिका ५, रानीजरुवाका ६ जनालाई राहात वितरण गरेको हो । नेपाली कांग्रेसका महासमिति सदस्य केशव आचार्यको प्रमुख आतिथ्यता कार्यक्रम गरि विपन्न परिवारलाई यसरी राहात वितरण गरिएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि आचार्यले तरुण दल तुलसीपुर नगरले रचनात्मक कार्य गरेको भन्दै तरुण दल तुलसीपुरलाई धन्यवाद दिएका थिए । उनले तरुण दल भाषण भन्दा पनि रचनात्मक काम मार्फत जनता माझ पुग्नुपर्ने बताएका थिए । जनताको समस्या र पीडा बुझ्दै उनीहरू माथि हुने अन्यायका विषयमा सम्बन्धित निकायसम्म आवाज र्पुयाउन र आवश्यक पहल गर्नु पर्नेमा उनले जोड दिएका थिए ।
राहत वितरण कार्यक्रममा कार्यक्रममा महासमिति सदस्य जितबहादुर केसी, जिल्ला सहसचिव तथा महाधिवेशन प्रतिनिधि सुबोध कुमार डाँगी, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति वीरेन्द्र कुमार शाह, क्षेत्रीय सदस्य गोरख वली, महाधिवेशन प्रतिनिधि राघव देवकोटा लगायतको उपस्थिति रहेको थियो ।
कुलबहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तरुण दल तुलसीपुर ५ का सभापति मेघराज केसीले गरेका थिए ।



लाइभदाङ । १२ कार्तिक २०८३, बुधबार ०७:१४ बजे