राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

निराश पान्डे
शान्तिनगर, ७ जेठ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ। गत बिहीवार देखि संचालन भएको उक्त कार्यक्रममा भलिबल छात्र तर्फ बुद्ध मा बि शान्तिपुर प्रथम , जनकल्याण मा बि सिमसुन्दरपुर द्दितिय, र बि पि मा बि बयाले तृतीय स्थान हासिल गरेका छन।त्यसै गरि भलिबल छात्रा तर्फ मिड वैष्ट प्वाइन्ट एकाडेमी प्रथम , बि पि मा बि बयाले द्दितिय र बुद्ध मा बि शान्तिपुरले तृतीय स्थान हासिल गरेका छन।


शान्तिनगर गाउँ पालिकाको आयोजना एवं मा बि तुलसीपुर को व्यवस्थापनमा भएको खेलकुद कार्यक्रममा शान्तिनगर गाउँ पालिकाका ११ मा बि विद्यालयहरुको सहभागिता रहेको थियो। शान्तिनगर गाउँ पालिकाका नवनिर्वाचित अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रेमा के सि , वडा नम्बर ७ का अध्यक्ष तारा ओलि, बुद्ध मा बि शान्तिपुरका प्रधानाध्यापक लाल बहादुर ओलि र मिड वैष्ट प्वाइन्ट एकाडमिका प्रीन्सिपल वीर बहादुर घर्ती ले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।