तुलसीपुरको सगरमाथा स्कुलमा ‘जापानी डाक्टर’

दाङ,३१ साउन । तुलसीपुर ९ दाङ बेलुवामा अवस्थित सगरमाथा बिद्यालयले सिकलसेल एनिमियाको सचेतना प्रदान गरेको छ । बुधबार बिद्यार्थी,अभिभावक र समाजलाई सचेत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

बिद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा जापनिज डा. युका नाकामुराको प्रमुख आतिथ्यता एबम समाजिक अभियान्ता जिबराज चौधरी र अभिभावक इन्द्रजित चौधरीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको छ ।

त्यस अवसरमा डा. नाकामुराले मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल एनिमिया भनिने बताइन । यो रोग वंशाणुगत रोग हो र नेपालमा खासगरी पश्चिम तराईका थारु जातिमा बढी पाइने उनको भनाई थियो ।

‘रोग जिनमा हुने खराबीले आमा-बुबाबाट छोराछोरीमा सर्ने गर्छ। यो रोग लागेका बिरामीहरुको रक्तकोषहरू हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भनिन्छ’,उनले भनिन् ।

“दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूणर् मानव शरीरमा अक्सिजन पुर्‍याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ। तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ, शरीर दुख्ने, विभिन्न संक्रमणहरु हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएको छ। यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्न कठिनाइ महशुस गर्छन् र समुदायमा सामाजिक र आर्थिक विपत्तिको शिकार हुने थारु स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष जीवराज चौधरीले बताए ।


अभिभावक इन्द्रजित चौधरीले बिद्यालयले समय समयमा विध्यार्थी, अभिभावक र समाजको स्वास्थ्य प्रती संबेदनसिल बन्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको र पछिल्लो समयमा सबैको रोजाईको विद्यालय बनेकोमा खुशी व्यक्त गरे ।

थारु समुदायका कतिपय व्यक्तिहरु यस रोगबाट निकै पीडित रहेका छन् त कतिपय यो रोग वारे अनविग्य छन साथै सक्रमित उपचारबारे जानकारी नपाएर धेरै जना घरमै पीडा सहेर बस्दै आएका छन् । अधिकांस भूत वा देवता रिसाएको विश्वासमा गाउँकै धामी, झाँक्री र गुरुवाको शरणमा जाने गरेका छन् ।

रोग पहिचान हुन नसक्दा कयौंको ज्यान गएको छ ।यस रोगबाट सङ्क्रमित व्यक्तिमा गोलाकार रक्तकणिकाहरु छिटो छिटो नष्ट भै रक्त सञ्चारमा अवरोध उत्पन्न हुने र रगतमा अक्सिजनको कमी हुन गै शरीरका विभिन्न अङ्गमा क्षति पुग्ने हुन्छ । सिकलसेल एनिमिया भएमा शरीरमा पीडा, अन्य रोगहरुको सङ्क्रमण, कमलपित्त जस्ता लक्षण देखिने, फोक्सोमा रुकावट हुने, मिर्गौलामा खराबी आउने, मस्तिष्कमा आघात हुने, फियो वा कलेजोमा रक्तसञ्चार रोकिने जस्ता लक्षण देखापर्ने विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले जानकारी दिए ।

सोही कार्यक्रम आयोजनाकालािग सहयोग गर्ने पत्रकार दिपक बोहरा प्रती वलीले आभार ब्यक्त गरे । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्माले गरेका थिए ।