अवैध हतियार पेस्तोलसहित तीन जना पक्राउ

दाङ, २३ बैशाख ।

दाङ प्रहरीले अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ जिल्ला बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका-३ बस्ने २० बर्षिय सोमु बिक, रुपन्देही शुद्धोधन गाउँपालिका-२ भुजौली घर भई लमही नगरपालिका-३ बस्ने ४० बर्षीय कमल भनिने रुक्मान सुनार र लमही नगरपालिका-३ मझगाउँ स्थित फर्निचर तथा आरन संचालन गरी बस्ने अन्दाजी ७२/७३ वर्षिय मुम बहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दीनुभयो । लमही नगरपालिका-३ टिकुलीगढ स्थित रहेको जुनु वडी विल्डर्स (ठुला गाडी मर्मत गर्ने ग्यारेज) बाट अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको उहाँले बताउनु भयो ।


एक जना ब्यक्ति चक्कु राखेर हिडिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तिबाट खटि गएको प्रहरी टोलीले खान तलासी लिने क्रममा उक्त अबैध हतियार पेस्तोल बरामद गरेको प्रहरीले बताएको छ । उनिहरुको साथबाट बटको भागदेखी नालसम्मको लम्वाई १ फिट ३ ईन्च र नालको गोलाई ४ ईन्च भएको, बट तथा बिडको भागमा ईनामेल लगाएको, फलाम पिटन प्रयोग हुने काठ सहितको फलामकको लि एक थान , छिनो र छिनो काटने फलामको सानो , अरनमा प्रयोग हुने पङखां , फलामको पाईपको टुक्रा लगाएतका हातहतियार बरामत गरीएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।