भारत कमाउन गएका दाङका भण्डारीको मृत्यु

तुलसीपुर
२ माघ / पैसा कमाउन भारत गएका दाङका एक ब्यक्तीको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ शिवपुर निवासी करिब ३२ बर्षीय यक्कबहादुर भण्डारी मृत फेला परेका हुन् ।


पारिवारिक स्रोत अनुसार उनको के कारणले मृत्यु भएको भन्ने कुरा खुल्न सकेको छैन ।

एक बर्ष अघि पैसा कमाउन भनि हिमाचल प्रदेशमा गएका भण्डारीको मृत्यु भएको भनि त्यहाँबाट खबर आएको उनकी साइली बुहारी मेनका भण्डारीले बताउनुभयो ।