१२ बर्षे बालक ५ दिन देखि बेपत्ता

निराश पान्डे
शान्तिनगर ३ बैशाख ।


पश्चिम् दाङ्ग बाट एक १२ बर्षे बालक ५ दिन देखि बेपत्ता भएका छन। दंगिशरण गाउँ पालिका वडा नम्बर ७ श्रीगाउं निवासी राम बहादुर रानाका १२ बर्षे छोरा दिपेस राना चैत २९ गते देखि घर देखि बेपत्ता भएको बाबू राम बहादुर रानाले जनाएका छन। छोरो हराएको ५ दिन भैसक्यो कतै अत्तो पत्तो छैन धेरै खोजी गरियो फेला परेन छोरो हराउदा आफ्नो परिवार लाई निकै पीडा भएको हुनाले छोराको खोजी कार्य गरिदिन बाबुले सबैमा अनुरोध गरेका छन। छोरो हराएको जानकारी आज मात्रै प्रहरी लाई दिएको समेत उनले बताए।साथै फेला पार्नु हुने महानुभाब हरुले ९८०९७४४७८४ मा सम्पर्क गर्न अनुरोध समेत गरेका छन।