फुलवारीमा फोरजी टावर

तुलसीपर
११ वैशाख/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारीमा निर्माण गरिएको टेलिकमको टावर सञ्चालनमा आएको छ । उक्त टावरको राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले उद्घाटन गर्नुभएको हो ।

फोरजी टावरको उद्घाटन गर्दै सांसद शर्माले फुलवारी दाङको बिकट क्षेत्र भएपनि एतिहासिक तथा पर्यटकीय हिसाबले उपर्युक्त भएको बताउनुभयो ।“फुलवारीमा धेरै विकास गर्न आबश्यक छ”,उहाँले भन्नुभयो“यहाँको विकासकालागि हामी प्रतिबद्ध छौं, किनकी यो ऐतिहासिक र पर्यटकीय हिसाबले उपर्युक्त स्थान हो ।”


यस अघि त्यहाँ टेलिकमको टावर नहुँदा फोनको समस्या हुन्थ्यो । फोन गर्न डाँडा–काँडा पुग्नु पथ्र्यो । अब भने घर–घरबाटै फोन गर्न सकिने स्थानीय अगुवा दिपशिखा घर्तीले बताउनुभयो ।

फुलवारी तुलसीपुर विकट वडाका रुपमा लिइन्छ । त्यहाँ दुई बर्ष अघि टेलिकम टावर निर्माण कार्य पुरा भएको थियो ।