अप्टिमिष्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा पोख्रेल

तुलसीपुर, ६ मङ्सिर ।
अप्टिमिस्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा मेघराज पोखेल निर्वाचित भएका छन् । शनिबार भएको पाँचौ अधिवेशनबाट पोख्रेल अध्यक्षमा निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा केश कुमार खड्का र योगमाया योगी(स्मृति)लाई चयन गरिएको छ । त्यसैगरी महासचिवमा निर्मला डिसी, कोषाध्यक्षमा नोखिराम वली(सन्दिप), पालियामेन्टेरियन (कानुनी सल्लाहकार) मा कुलानन्द अधिकारी, सचिवमा बिष्णु कमल न्यौपाने र जनसम्पर्क अधिकारीमा दिपक बोहरालाई चयन गरिएको छ । त्यस्तै यसैगरी संस्थाको डाइरेक्टरमा निशान खड्का, बिनोद बस्नेत र डिला पाण्डेलाई चयन गरिएको छ ।

यस्तै प्रमुख सल्लाहकारमा विष्णु प्रसाद देवकोटा, सल्लाहकारमा मेघराज घिमिरे, झरेन्द्र खरेल, सूर्यप्रकाश शर्मा, गिरीराज डाँगी, नवराज भण्डारी, विष्णु योगीलाई मनोनित गरिएको निर्वाचन संयोजक तथा पूर्वध्यक्ष एकराज भण्डारीले जानकारी दिए ।

नवनिर्वाचितहरुलाई शनिबार तुलसीपुरमा पदहस्तान्तरण गरिएको छ । क्लबका २०२५–०२६ का अध्यक्ष नोवेल डीसीको अध्यक्षता तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख धनबहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा बिशिष्ट अतिथि ब्यबसायी शुरेस हमाल, विमल रिजाल, खेलकूद विकास समिति लुम्बिनी प्रदेशका कोषाध्यक्ष मुक्ती प्रसाद भट्टराईले समाजमा यस्ता संघसंस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।


समाजमा रहेका यस्ता संघसंस्थाहरु एकताबद्ध भएमा समाज रुपान्तरण हुने समेत बताए । क्लबका संस्थापक अध्यक्ष तथा अप्टिमिष्ट इन्टरनेश्नलका एसिया डिस्ट्रिक्ट डेपुटी गभर्नर मानबहादुर बस्नेतले क्लबले नकारात्मकता तर्फ गइरहेको समाजलाई सकारात्मकता तर्फ लैजानकालागि भूमिका खेलेको बताए ।

त्यस अवसरमा पत्रकार शुसिल बस्नेतले रचनात्मक पत्रकारिता र तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत मनबहादुर खड्काले सकारात्मक सोचाईका विषयमा प्रशिक्षण दिएका थिए ।