माइलिपानी खानेपानीमा त्रीपक्षिय प्रतिस्पर्धा

निराश पाण्डे
शान्तिनगर, ६ चैत ।
शान्तिनगर स्थित माइलिपानी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति संस्था शान्तिनगर ३ र ४ को नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ः३० देखि निर्वाचन सुरु भएको छ।

संस्थाका लेखापाल डिल बहादुर के.सी.ले जनाए अनुसार शान्तिनगर ३ स्थित बयाले क्याम्पसको भवनमा मतदान कार्य शान्तिपुर्बक रुपमा संचालन भएको जनाएका छन। तिन बर्षेय कार्यकालका लागि आज हुन लागेको उक्त निर्वाचनमा तिन प्यानलले आफ्नो–आफ्नो उम्मेदवारी खडा गरि चुनावी मैदानमा आएका छन।


संयुक्त लोकतान्त्रिक प्यानलले बुद्धि राम तिवारीलाई अध्यक्षमा अघि सारेको छ उहाँलाई एमाले, माओवादीले समर्थन गरेको छ। बुद्धि राम तिवारी वडा नम्बर ३ का नेपाली कांग्रेसबाट २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडा अध्यक्ष र पुर्व माइलिपानी खानेपानी उपभोका समितिका अध्यक्ष समेत हुन, उता नेपाली कांग्रेसले तुलसि राम कंडेललाई अध्यक्षमा उम्मेदवार बनाएको छ भने राप्रपा र स्वतन्त्रको संयुक्त गठबन्धनले टंक प्रसाद पाण्डेलाई अध्यक्षमा अघि सारेको छ।

तिन प्यानल चुनावी प्रतिस्पर्धामा आएता पनि विशेष गरि संयुक्त लोकतान्त्रिक प्यानल र नेपाली कांग्रेसको प्यानल बिच कडा प्रतिस्पर्धा देखिन्छ। भने राप्रपा र स्वतन्त्रको संयुक्त गठबन्धनले पनि सम्मान जनक मत ल्याउने आकल गरिएको छ। उक्त संस्थामा कुल १ हजार ५७ मतदाता रहेका छन।