
दाङ, ५ मंसिर ।
दाङको लमही नगरपालिका–८ बगरापुरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका १५ वर्षीय किशोरको मृत्यु भएको छ । गत कात्तिक ८ गते साँझ करिब ७ बजे राप्ती पुलबाट सतबरियातर्फ आउँदै गरेको रा.७ प २१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार लमही–८ सतबरिया निवासी १५ वर्षीय सौगात चौधरी घाइते भएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक १४ वर्षीय एन्जेस चौधरीसमेत घाइते भएका थिए । उनीहरूको उपचार गरिएको थियो। सौगातको टाउको र दाहिने हातको नाडीमा चोट लागेको थियो । उपचारपछि घर फर्किएका उनलाई टाउकोमा पुनः समस्या देखिएपछि चितवन मेडिकल कलेज लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि आफन्तले मंसिर ४ गते घर ल्याएकोमा सोही दिन साँझ करिब ७ बजे उनको मृत्यु भएको आफन्तले मंसिर ५ गते बिहान प्रहरीलाई जानकारी गराएका थिए ।



लाइभदाङ । ६ मंसिर २०८३, शनिबार ०९:०१ बजे