दाङमा गोरुले हान्दा एक जनाको मृत्यु

दाङ, १४ फागुन । दाङमा पानी खुवाउने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ जमेरा निवासी ७१ बर्षीय गहचा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाले बताए ।

चौधरीलाई मंगलबार साँझ पौने ५ बजेतिर गोरुले हान्दा गम्भीर घाइते भएका थिए ।


ढाड, पेट र दुवै हातमा चोट लागेकाका उनको मंगलबार नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर घर लगिएको थियो ।

उनको बुधबार विहान ९ बजेतिर घरमै मृत्यु भएको हो ।