उद्यमशिलता तालिम सम्पन्न

 घाेराही, १० वैशाख ।


मानविय सहायता नेपालकाे आयाेजना तथा घाेराही उप-महानगरपालिका वडा नम्वर १७ काे आर्थिक सहयाेगमा मुक्त कम्लहरीका लागि तीन दिने उद्यमशिलतम तालिम सम्पन्न भएकाे छ । मानविय सहायता नेपालका अध्यक्ष वसन्त पाेख्रेलकाे अध्यक्षता तथा घाेराही १७ का वडा अध्यक्ष खुसिराम चाैधरीकाे प्रमुख आथित्यतामा भएकाे समापन कार्यक्रमका सहभागिले तालिममा सिकेकाे सीप व्यवहारमा लागू गर्नुपर्ने वताएका थिए । उनिहरुले जुनसुकै पेसाकाे लागि उद्यमशिलता तालिम आवश्यक भएकाे वताएका थिए । संस्थाका सचिव देविराम कुसारीले सहजिकरण गरेकाे कार्यक्रममा वडा सदस्य रेमन्ता पुन, एवि सुनार, प्रशिक्षक भुवन चाैधरी, सशाभागी सीता चाैधरी र सिताराम चाैधरीलगाएतले वाेल्नु भएकाे थियाे । तालिममा मुक्त कम्लहरी समुदायका ३५ जनाकाे सहभमगिता रहेकाे थियाे ।