डिभाइनका विद्यार्थीले सके होटेल म्यानेजमेन्टको प्रयोगात्मक कक्षा

तुलसीपुर, ६ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत होटेल म्यानेजमेन्टका विद्यार्थीहरुले प्रयोगात्मक कक्षा सकेका छन् । प्रयोगात्मक कक्षा सकेपछि उनीहरुले मंगलबार आफूले सिकेको सीपको प्रदर्शनी गरेका छन् । सैैद्धान्तिक कक्षा लिएपछि एक महिना प्रयोगात्मक कक्षा पछि उनीहरुले बिभिन्न खानाका परिकार बनाउन सकिका थिए ।

प्रयोगात्मक कक्षा कुमाख कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्समा लिएका हुन् । त्यस अवसरमा विद्यार्थीहरुले ३० भन्दा बढी परिकार बनाउन सक्ने भएको बताएका छन् । उनीहरुले अब स्वदेशमै र विदेशमा समेत काम गर्न सक्षम भएको बताएका थिए । उनीहरुले कुकुम्बर स्टफिङ, मशरुम सुप, चिकेन टिक्का मसला, साइड डिस राइस, पुडिङ, पिज्जा, बर्गर, चिकेन सोर्मा, चिकेन कोर्मा, क्रिम टोमाटो सुप, भेज स्टोगेन्फ, रसियन सलाद, भेज मंचुरियन, ग्रिल चिकेन लगायतका स्वदेशी तथा विदेशी परिकार बनाउन सिकेका हुन ।

उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । डीभाइन टेम्पल एकेडेमीका संस्थापक अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरेको प्रमुख आतिथ्यता एवं एनप्याब्सनका केन्द्रीय सदस्य विमल गौतमको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।


कार्यक्रमको सहजीकरण एकेडेमिक कोअर्डिनेटर जीवन लामिछाने र इसिए कोअर्डिनेटर आकाश सिंहले गरेका थिए ।

डिभाइनमा गाभियो ‘पिस पायोनियर’