निजामति कर्मचारी संगठनको स्थापना दिवसमा रक्तदान

तुलसीपुर
६ बैशाख / नेपाल निजामती कर्मचारी संगठनको ३२ औँ स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा ४५ जनाले रक्तदान गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन दाङको आयोजना र संगठनको तुलसीपुर नगर कमिटिको व्यबस्थापनमा उक्त कार्यक्रम भएको हो ।

तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर स्थित रक्तसञ्चार केन्द्रमा रक्तदान भएको हो । नेपाल निजामति कर्मचारी संगठन,दाङका अध्यक्ष शेर बहादुर केसीको अध्यक्षता तथा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा एमालेका लुम्बिनी प्रदेश कमिटि सदस्य टिकाराम खड्का, नेपाल निजामति कर्मचारी संगठन दाङका उपाध्यक्ष पवित्रा केसीले मन्तब्य ब्यक्त गरेका थिए ।


बक्ताहरुले रगत अभाब हुन नदिन गरिएका यस्ता कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण संगठनका सचिब बाबुराम न्यौपानेले गरेका थिए ।