तुलसीपुर, १७ फागुन । लुम्बिनी प्रदेशका दुई प्रदेश सचिबको सरुवा भएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिब सुनिल पौडेल र अर्थ मन्त्रालयका सचिब केदार नाथ शर्माका सरुवा भएको छ ।
पौडेलको संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा र शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ ।
शर्माको ठाउँमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको सरुवा भएको छ । केसी लुम्बिनी प्रदेश अर्थमन्त्रालयको सचिब भइ काम गर्ने छन् ।
त्यस्तै प्रदेश योजना आयोगको सचिबमा सामान्य प्रशासन मन्त्रालयबाट खिमबहादुर कुँवर आउदैछन् ।
लाइभदाङ । १७ फाल्गुन २०८०, बिहीबार २३:४८ बजे