तुल बहादुर कवँर मगर
मसुरीया, १२ कात्तिक ।
दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सोमबार निर्माणाधीन बाटोको स्थलगत अनुगमन गर्नुभएको छ। गाउँपालिकाको वडा नं.३ नयाँ बस्ती स्थित पक्की नाला सहित निर्माणाधीन बाटोको अध्यक्ष विष्टले स्थलगत अनुगमन गर्नुभएको हो।
अनुगमनको क्रममा उहाँले स्थानीय बासिन्दाहरुको कुनै पनि गुनासो नआउने गरि गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग गरि काम गर्न निर्माण व्यावसायिलाई निर्देशन दिनुभयो ।
त्यस्तै उहाँले काम गर्ने क्रममा कतै गुणस्तरहिन सामाग्री प्रयोग भएको पाइएमा कानुन अनुसार कार्वाहीका लागि आफुले सम्बन्धित निकायमा सिफारिस गर्ने समेत बताउनुभयो। त्यस्तै अध्यक्ष विष्टले सडक डिभिजन कार्यालय दाङका इन्जिनियरलाई नियमित रूपमा कामको अनुगमन गर्न आग्रह गर्नुभयो।
राप्ती चक्रपथ अन्तर्गत सो क्षेत्रमा सडक डिभिजन कार्यालय दाङ मार्फत करिब एक करोडको लागतमा पक्की नाला सहित १२ सय मिटर बाटो निर्माण कार्य थालिएको छ।
लाइभदाङ । १२ कार्तिक २०८१, सोमबार २२:०७ बजे