रेडियो प्रकृति छोड्दै बस्नेतले भनेः १६ वर्ष काम गरेँ, उल्टै ५२ हजार छोडेर निस्केँ

तुलसीपुर, ९ असोज ।
रेडियो प्रकृतिका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले आफ्नो १६ वर्षको रेडियो यात्रा अन्त्य गरेका छन् । उनले भदौ १ गतेदेखि रेडियो छोडेको बताएका छन् । उनले आफ्नो पत्रकारिताको धेरै जीवन रेडियो प्रकृतिमा विताएको बताएका छन् ।

उनी रेडियो स्थापना कालदेखि आबद्ध रहदै आएका थिए । उनले रेडियोले धेरै कुरा सिकाएको बताए । उद्यपी उनले निस्किदै गर्दा पत्रकारको पारिश्रमिकका सन्दर्भमा भने गम्भीर विषय उठाए । १६ वर्ष अन्य पेशा, ब्यबसाय तथा जागिर गरेको भए आर्थिक रुपमा राहात हुने भएपनि पत्रकारितामा उल्टै पारिश्रमिक नै छोडर आउनु परेको पीडा सुनाए ।“ आज जाने बेला एउटा पीडा भने मनमा छ ।


१६ वर्ष रेडियोमा बिताएँ”,उनले भने“ जाँदा पाँच रुपैयाँ थपेर दिने अवस्था त परै जाओस् । मेरो ५२ हजार रुपैयाँको श्रम र पसिना अझै त्यहीँ रोकिएको छ । सञ्चालक समितिले आग्रह गरेपछि पाउनुपर्ने तलब समेत छोडिदिए ।”