स्वास्थ्यकर्मी दोर्ण ओली जनसेवाश्री पञ्चम श्रेणी पदकबाट बिभूषित

तुलसीपुर
१ बैशाख / दाङका स्वास्थ्यकर्मी दोर्ण बहादुर ओली जनसेवाश्री पन्चम श्रेणी पदकबाट विभूषित गरिएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई विभूषण गरिएको हो । उनको कोरोना महामारीको समयमा अह्म भूमिका खेलेका ब्यक्ती हुन् ।


संविधान दिवसको दिन असोज ३ गते पदकको घोषणा गरिएको थिया । सोही प्रमाणपत्र आज प्रदान गरिएको हो ।

हाल उनी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत छन् ।