देवराज कडेंल
तुलसीपुर १६ मंसिर ।
अहिलेको विषम परिस्थितिमा ब्यापार ब्यबसायीको हित बिपरित विभिन्न मेला महोत्सव संचालन गर्न लागिरहेको प्रती आज एक बिज्ञप्ती जारी गर्दै नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले घोर आपत्ति जनाएको छ । अहिलेको जटिल पतिस्थितीमा ब्यापार मेला संचालन गर्न कुनै औचित्य नभएको बताइएको छ ।
बिज्ञप्तीमा भनीएको छ कोभीड १९ ले थला परेको ब्यबयाय क्षेत्र निकै कठिन परिस्थितिमा रहेको छ । अहिलेको बिसम परिस्थितिमा मेला महोत्सवले आम सर्बसाधारणको स्वास्थमा ठुलो समस्या ल्याउने भएको हुदा कुनै पनि ब्यापार मेला महोत्सव नगर्न , नगराउन सम्बन्धित निकाय लाई समेत ध्यानाकर्षण गराएको छ ।
लाइभदाङ । १६ मंसिर २०७८, बिहीबार १६:१८ बजे