शान्तिनगर ६ को अध्यक्षमा परियारको दावी

तुलसीपुर
२८ चैत / माओवादी केन्द्रबाट दाङको शान्तिनगर गाउँपालिका वडा नं ६ को अध्यक्षमा छवि परियारले दावी गरेका छन् । सामाजिक क्षेत्रमा क्रियाशिल युवा परियारले आफू वडाध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले वडाको समग्र विकास र जनतामुखी वडा बनाउन आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

सामजिक अभियान्ता तथा कुशल प्रशासकको छबि बनाएका उनले वडाको विकासको भिजन आफूसंग भएको भन्दै उम्मेदवार भएमा जित्ने समेत दावी गरेका छन् । उनले वडालाई सूचना प्रविधिसंग जोड्नुका साथै विद्युत, कृषि, शिक्षा, स्वास्थ्य, यातायात, सीपमुलक रोजगारको व्यवस्थाको बारेमा राम्रो ज्ञान भएको बताए । हाल उनी दलित सेवा संघ दाङको शाखा अधिकृत हुन् ।

प्रशासन क्षेत्रमा लामो अनुभव भएकाले उनले वडा कार्यालयको प्रशासनिक गतिविधिलाई चुस्त,जनतामुखी सेवा दिने लक्ष्य रहेको समेत बताए ।


दलित,जनजाति,महिलाहरुको क्षमता विकास गर्न र सिंगो शान्तिनगर गाउँपालिकामा नेतृत्वदायी भूमिका निर्वाह गर्न आफ्नो उम्मेदवारी रहेको उनको दावी छ । उनी पार्टीको नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सदस्य, नेकपा माओवादी केन्द्र शान्तिनगरको सचिबालय सदस्य, बुद्धिजिबि सङठन शान्तिनगरको इञ्चार्ज , शान्तिनगर गाउँपालिका ६ को इन्चार्ज समेत हुन् ।

उनी जातिय बिभेदका बिरुद्धमा सङठित समूह नेपाल, दलित मुक्ति अभियान केन्द्रिय पोलिटब्युरो सदस्य तथा लुम्बिनि प्रदेश अध्यक्ष र दलित नागरिक समाज दाङको संयोजक , दलित बचत तथा ऋण सहकारी सस्थाको सस्थापक सदस्य समेत हुन् ।

समाजशास्त्रमा मास्टर्स गरिरहेका परियार भारत, बङलादेश , थाइल्यान्ड लगायतका नेपालकै ५७ जिल्लाको भ्रमण गरेका छन् । उनले यो विषयमा पार्टीले पनि उचित मूल्यांकन गर्ने अपेक्षा रहेको बताए ।