प्रमोद आचार्य,
दंगीशरण, २८ बैशाख ।
दंगीशरण गाउँपालिकाले आफ्नो पालिकाका सात वटै स्वास्थ्य संस्थाहरुमा बुधबारदेखी ग्रामीण अल्ट्रासाउन्ड भिडियो एक्स-रे सेवाको सुभारम्भ गरेको छ । श्रीगाउँ स्वास्थ्य चौकी बागरमा बुधबार एक कार्यक्रमकाबिच भिडियो एक्सरे सेवाको उद्घाटन गरीएको हो ।
ग्रामीण क्षेत्रका गर्भवती महिला जसले आफ्नो र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारीलिन र बच्चा र आमाको स्वास्थ्य अवस्था सुरक्षित राख्न ग्रामीण भिडियो एक्सरे सेवाको सुरुवात गरीएको गाउँपालिका अध्यक्ष सम्भु गिरीले बताउनुभयो ।अल्ट्रासाउन्ड मेसीन उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले त्यस्ता महिला जो अझैपनि स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिरछन । त्यस्ता गर्भवती महिलाहरूको गर्भ जाच र शिशु र आमाको स्वास्थ्य अवस्था जाच्न घर घरमा पुगी सेवा प्रदान गर्न नर्सहरुलाई निर्देशन दिनुभयो ।
आफ्नो चुनावी प्रतीबद्वता अनुरुप महिला र गर्भवती महिलाको सवालमा महत्त्वपूर्ण निर्णय गरेकाले पनि आफु स्वास्थ्यको क्षेत्रमा सधै गम्भीर रहि अगाडि बढ्ने बताउनुभयो ।
यस्तै अल्ट्रासाउन्ड उद्घाटन कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वलि खड्काले दंगीशरणका दुर्गम भेग अनि भौगोलिक विकट ठाउँमा पनि अल्ट्रासाउन्ड सेवा पुग्ने भएपछि आफु धेरै खुसी भएको बताउनुभयो । यस्तै वडा नं. ६ का वडा अध्यक्ष रोशन जंग शाहले प्राथमिक स्वास्थ्यकेन्द्र बागरबाट स्तरीय स्वास्थ्य सेवाका लागी आफु लागी परेको बताउनुभयो ।
बुधबारदेखी दंगीशरण भित्रका स्वास्थ्य संस्थाहरुमा गर्भवती महिलाहरुले आफ्नो बच्चाको अवस्था र आमाको अवस्थाबारे जानकारी लिन पाउने भएपछी स्वास्थ्यमा ठुलो सहयोग मिल्ने गाउँपालिकाले अपेक्षा लिएको छ । ग्रामिण भिडियो एक्सरे मेसीनको प्रयोगले आमा र बच्चाको खतराको अवस्थालाई जानकारीदिने र ग्रामीण भेगका गर्भवती महिलाहरुले निःशुल्क सेवा पाउने भएका हुन ।
बुधबार देखी सुभारम्भ भएको गर्भबती परीक्षण सेवा दंगीशरणका सात वटै वडा तथा टोलमै पुगी समय तालिका बनाइ निःशुल्क गर्भवती भिडियो एक्सरे सेवा सुभारम्भ गरीएको प्राथमिक स्वास्थ्य केन्द्र बागरका ब्यबस्थापन समितीका अध्यक्ष तथा वडा नं. ६ का वडा अध्यक्ष रोशनजङ शाहले बताउनुभयो ।
स्वास्थ्य संस्थाको पहुचदेखी टाढा रहेका गर्भपती महिलाहरूको लागी घरमै पुगी निःशुल्क सेवा प्रदान गरीने स्वास्थ्य केन्द्र बागरका डाक्टर सुगत अधिकारीले बताउनुभयो । गर्भवती भिडियो एक्सरे सेवाको मुख्य उदेस्य शिशु मृत्यु दर र मातृ मृत्युदर घटाइ दिगो विकास लक्ष्यमा सहयोग पु¥याउने रहेको अस्पताल स्रोतले बताएको छ ।
लाइभदाङ । २८ बैशाख २०८०, बिहीबार १४:०० बजे