प्रमोद आचार्य
दंगिशरण, १२ मंसिर ।
“स्थानिय स्रोतको उपयोगीता,स्वामित्व, र सहभागीता, पुर्ण खोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने मुल उदेश्यका साथ पालिका स्तरमा पुर्ण खोप कार्यक्रमको समिक्षा तथा पुर्ण खोप दिगोपना र सरसफाइ प्रबर्द्धन सम्बन्धि अभिमुखिकरण र दिगोपनाकालागि १ दिने योजना तर्जुमा गोष्ठी दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
पुर्ण खोपको सुनिश्चितताकालागि जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा १ दिने योजना तर्जुमा आयोजना गरीएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाहिले जानकारी दिनुभयो । रास्ट्रीय खोप कार्यक्रमको महत्त्व ,नियमित खोप मार्फत सरसफाइ प्रबर्द्धन कार्यक्रमको निरंतरताका लागी खोपको औचित्य तथा प्रभाबकारीतामा हरेक स्थानिय तहले सकृय भुमिका खेल्नु पर्ने प्रमुख शाहिले बताउनुभयो ।
दंगीशरण गाउँपालिकामा १४ वटा खोपकेन्द्रबाट प्रत्यक महिनाको १९ गतेदेखी २३ गतेसम्म खोप संचालन भइरहेको र पुर्ण खोप कार्यक्रमको लक्ष्य पुरा गर्नपनि निर्बाचित जनप्रतीनिधिले विशेष ध्यान दिनुपर्ने कार्यक्रममा बोल्ने बक्ताहररुले बताएकाछन । दाङ जिल्ला २०७४ सालमा पुर्ण खोप घोषणा भएपनि हरेक बर्ष नयाँ जन्मिने बच्चाको संख्यामा बृद्दि हुने भएकाले पनी दाङमा यसलाई हरेक बर्ष पुर्ण खोप सुनिश्चितताको नाम दिएर अगाडी बढेको जिल्ला स्वास्थ्य कार्यालय दाङका खोप सुपरभाइजर किशोर आचार्यले बताउनुभयो ।
नेपालमा २०६९ साल बाट पुर्ण खोप अभियानको शुरुवात गरी २०७९ भाद्र ३१ गते लुम्बिनी प्रदेश पुर्ण खोपयुक्त प्रदेशको रुपमा घोषणा भएको आचार्यले बताउनुभयो । खोप अनिबार्य लगाउनुपर्ने र सबैलाई पुर्ण खोपको सुनिश्चितताका लागी सबै जनामा सचेतना फैलाउन आवश्यक रहेको सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा स्वास्थ्य साखा प्रमुख राजेन्द्र हमालले आगामि कार्ययोजना प्रस्तुत गर्दै पालिकाको अहिलेसम्मको स्वास्थ्य अबस्थाबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरीले आफु स्वास्थ क्षेत्रको सवालमा सदैब गम्भीर रहेको बताउदै पालिकाका आम नागरीकलाई सु–सुचित बनाउन आफुलागि पर्ने बताउनुभयो ।
यस्तै वडा नं.१ वडा अध्यक्ष रमेश भण्डारीले कोरोनाको माहामारीका बेला स्वास्थ्यकर्मीले खेलेको भुमिका प्रती खुसि ब्यक्त गर्नुभयो । दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको शभापतीत्व , गाउँपालिका उपाध्यक्ष पिमा खड्काको बिशिष्ट आथित्यतामा भएको एक दिने कार्ययोजना गोष्ठिमा कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी लगाएतको उपस्थिति रहेको थियो, भने कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा सहायक प्रदीप गिरीले गर्नुभएको थियो ।
लाइभदाङ । १२ मंसिर २०७९, सोमबार १२:५६ बजे