ज्योतिपुञ्जमा १० कक्षाका विद्यार्थीको बिदाई

दाङ, २० चैत ।

दाङको घोराहीमा रहेको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युबराज थपलीयाको अध्यक्षता भएको विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले बिदाई भएर जान लागेका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए । विद्यार्थीहरुलाई मायाको चिनो, खाजा र अविर लगाएर विदाई गरिएको थियो । विदाई भएर जाने विद्यार्थीहरुले आफूहरुले विद्यालयबाट धेरै सिकेको भन्दै उनीहरुले आफ्नो शैक्षिक यात्रासँग समाजमा उदाहरणीय काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।


कार्यक्रममा ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लिका अध्यक्ष हेमराज शर्मा, विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्मा, प्रिन्सिपल बुद्धिराज अधिकारी,विद्यार्थी हिमाल डाँगी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण भ्वाइस प्रिन्सिपल पूर्णचन्द्र पाण्डेयले गर्नुभएको थियो ।