
तुलसीपुर, ३० भदौ ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.६ खागल घर भई हाल दाङको तुलसीपुर ६ राजापुर स्थित मामा घर बस्दै आएका १५ बर्षीय सुजन महतारा घरबाटै सम्पर्क विहीन बनेका छन् ।
उनी आईतबार राति १२ बजेतिर घरबाट निस्किएको उनकी आमा विनिता महताराले बताईन् । त्यसपछि उनी सम्पर्कमा आएका छैनन् । उनी गुरुजजुर मावि रक्षाचौरमा कक्षा ९ मा अध्ययनरत थिए ।
परिवारले आफन्ती तथा सम्भावित ठाउँमा खोजी गरेको भएपनि सम्पर्कमा नआएको आमा विनिताले बताईन् । साथै उनले खोजी गरिदिन सबैमा अनुरोध समेत गरेकी छिन् । कसैले देखेमा नजिकको प्रहरी चौकी वा मोवाईल नम्बर ९८४४९८३५१८ सम्पर्क गरिदिन समेत अनुरोध गरेकी छन्



लाइभदाङ । ३० भाद्र २०८३, मंगलवार १२:२३ बजे