दंगीशरणमा सुचना प्रविधि सम्बन्धि ३ दिने क्षमता विकास तालिम सम्पन्न

दंगीशरण, १४ असार ।
दाङको दंगीशरण गाउँपालिकाले आधारभुत तथा माध्यामिक विद्यालयका शिक्षकहरुका लागि सुचना प्रविधि सम्बन्धि ३ दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ । विरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलिमा बुधवारदेखि शुरु गरीएको क्षमता विकास तालिमको शुक्रबार एक कार्यक्रमकाविच समापन गरीएको हो ।समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले प्रविधिको विकास सङ्गै शिक्षकहरुपनि प्रविधि अनुकुलित रुपान्तरित हुन आजको आवश्यकता रहेको बताउनुभयो ।

परम्परागत शिक्षणविधिबाट अहिले प्रविधियुक्त शिक्षण विधिमा प्रबेश गरेको उल्लेख गर्नुभयो । प्रविधिलाई पैसा हालेर किन्न सकिने तर सिपलाई पैसाले खरिद गर्न नसकिने बताउनुभयो । कुनै पनि सामुदायिक विद्यालयको भौतिक तथा अन्य समस्या हुन नदिनेगरी आफुहरु लागिरहेको बताउदै अध्यक्ष गिरीले शिक्षाको गुणस्तरीयतामा गाउँपालिकाको चिन्ता र चासो रहेको बताउनुभयो ।आफु निर्वाचित भएर आउने बित्तिकै विद्यार्थी रहेमात्र शिक्षक रहने कुरामा आफु सदैव लागेको र जहाँ विद्यार्थी त्यहाँ शिक्षकको अवधारणा समेत लागु गरेको बताउनुभयो ।

सोहि अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले शिक्षकहरु भनेकै बालबालिकाको भबिस्यनिर्धारण गर्ने ब्यक्ती भएकाले शिक्षालाई गुणस्तरीय बनाउने प्रमुख हात शिक्षकहरुको हुने बताउनुभयो । समग्र दंगीशरणको शिक्षालाई कस्तो बनाउने भन्ने प्रमुख दायित्वमा शिक्षकहरुको रहेकाले शिक्षालाइ कस्तो बनाउने भन्ने किसिमको सल्लाह सुझाव समेत शिक्षकबाट अपेक्षा हुने उपाध्यक्ष खड्काको भनाइछ ।

समापन कार्यक्रममा बोल्दै बिरेन्द्र नमुना माध्यामिक विद्यालय हेकुलिका निमित्त प्रधानाध्यापक राजेन्द्र प्रसाद भट्टराईले बिषयको प्रविधि अनुरुप शिक्षण गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सुचना प्रविधि सम्बन्धि तालिमले उपलब्धि हासिल गरेको र शिक्षकहरुलाई प्रविधिसङ्ग जोडेको बताउनुभयो ।


यस्तै सभागि लक्ष्मिनारायण आधारभुत विद्यालय सलौराका शिक्षक नन्दलाल खड्काले बालबालिकालाई अध्यापन गराउदा जतिसक्दो सुचना प्रविधिमा आधारित रहेर अध्यापन गराउनु आजको आवश्यकता रहेको बताउनुभयो । स्मार्ट बोर्डको प्रयोगलाई हरेक विद्यालयमा अनिवार्यता बनाउनसके सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढ्ने बिश्वास ब्यक्त गर्नुभयो ।

सोहि अवसरमा ज्ञानज्योती प्रावि बोगटीका शिक्षक निर्मला शर्माले क्षमता विकास तालिम लिन पाउदा खुसि ब्यक्त गर्नुभयो। तालिमको अवधि अल्लि छोटो भएको र आगामि दिनमा तालिमको समयावधि बढाइदिन आग्रह गर्नुभयो ।

३ दिन सम्म संचालित सुचना प्रविधि तालिमको समापन गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको उपस्थितिमा भएकोथियो । कार्यक्रमको सहजीकरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद साखाका सहायक उमा केसीले गर्नुभएकोथियो ।